रौतहट जिल्लाको उतर पश्चिममा अवस्थित फतुवा विजयपुर नगरपालिकामा साविकको गा.वि.स. हरु शितलपुर बैरगनिया, टेंग्राहा, सन्तपुर दोस्तिया, फतुहा हर्षाहा, लक्ष्मीनियाँ दो. गाँउ विकास समितिलाई समायोजन गरी नगरपालिका गठन गरिएको छ। यो नगरपालिका भौगोलिक, प्राकृतिक, सामाजिक, आर्थिक, मानवीय एंव धार्मिक सांस्कृतिक तथा विविध दृष्टिले अत्यन्त महत्वपूर्ण रुपमा चिनिन्छ।साविकको ५ वटा गाविस लाई समायोजन तथा एकिकृत गरी जम्मा हालको ११ वटा वडा कार्यालय मार्फत नागरिकहरुलाई सेवा सुविधा प्रदान गरिइएको छ।